
काठमाडौं ।
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सिराहबाट एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यलाय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।