धादिङ ।
५४ वर्षिया एक महिलालाई जबरजस्ती करणी गरेकाे कसुरमा थाक्रे गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय बाबुराम भन्ने इन्द्र बहादुर तामाङलाई तीन वर्ष ६ महिना कैद गर्ने फैसला भएको छ ।
साेमबार जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्तोलाको इजलासले कसुरदार ठहरिएका तामाङलाई साढे तिन वर्ष कैद गर्दै १ लाख ५० हजार जरिवाना गरिएको फैसला गरेका हुन् ।
०७९ माघ ५ गते कसुरदार तामाङ महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा माघ ९ गतेदेखि थुनामा राखिएकाे थियाे ।
माघ २९ गते जिल्ला अदालत धादिङमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भई विचारनधिन रहेकोमा साेमबार जिल्ला अदालतले मुद्दा फैसला गरेकाे श्रेस्तेदार माधव भण्डारीले बताए ।
कसुरदार तामाङ विरुद्ध ०७९ माघ ६ गते पीडितले इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिइन् । प्रहरीले आरोपितलाई माघ ९ गते गिरफ्तार गर्यो । पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते धादिङ अस्पतालमा भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।