सोनकलि थारु,
१५ भदौ, सुनवल । सुनवल नगरपालिका नगरकार्यपालिकाको आयोजनामा आज सुनवलको लोटस रिसोर्टमा सुनवल नगरपालिकाको चालु आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक नगर बिकास योजना तर्जुमा छलफल अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालिकाको प्रमुख भिमबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख दधिराम आर्याल , १३ वटा वडाका वडा अध्यक्ष ,राजनितिक दलका प्रतिनिधि, बुद्धजिबी ,नागरिक समाज लगायातको उपस्थिती रहेको थियो ।कार्यक्रममा खानेपानी ,शिक्षा स्वास्थ्य ,सडक यातायात , फोहोर ब्यावस्थापन, खेलकुद क्षेत्र, लागुपदार्थ नियन्त्रण,युवा माहिला सशक्तिकरण,बन ब्यावस्थापन,चुरे सरक्षण, कृषि घरेलु प्रबद्र्धनमा जोड , फोहोर तथा ढल निकास, बाल उद्यानको निर्माण तथा ब्यावस्थितीकरण,भेदभाव ,छुवाछुट हटाउने, स्वारोजगार, धार्मिक स्थलको संरक्षण र सम्बद्र्धन ,आमा शिक्षा लगायातको बारेमा सम्बन्धित निकायका ब्याक्तिले प्रश्न गरेका थिए भने सुनवल नगरपालिकाको प्रमुख भिमबहादुर थापाले त्यसको बारेमा जवाफ दिनुभएको थियो ।
साथै कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले सुनवल नगरको चौतर्फी बिकास गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले १ वडा १ कृषि संकलन केन्द्रको स्थापना, युवा माहिला सशक्तिकरणमा जोड ,स्मार्ट र ग्रिन सिटी बनाउने , प्रत्येक वडामा बाल उद्यानको निर्माण गर्ने , सुनवललाई शैक्षिक हब बनाउने प्रतिबद्धता पनि गर्नुभएको छ । यसैगरी शिक्षा क्षेत्रमा फडको मारिरहेको सुनवल नगरपालिकामा शैक्षिक गुणस्तर, विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा समेतको व्यवस्था मिलाई नगरपालिकालाई शैक्षिक हब बनाउने बताउनुभएको छ ।सुनवल नगरपालिका साक्षर नगर घोषणा भएपनि अझैपनि यस क्षेत्रमा शैक्षिक जनचेतनाको कमी रहेको अवस्थामा शिक्षाबाट बन्चित रहेका बालबालिका, युवा र वृद्ध महिला पुरुषहरुलाई समेत निशुल्क शिक्षाको व्यवस्था मिलाउने , युवाहरुलाई प्राविधिक शिक्षामा जोड दिई दक्ष जनशक्तिको रुपमा उत्पादन गरिने सिपमुलक शिक्षा लगायतका प्राविधिक शिक्षाहरु प्रदान गरि रोजगारीको सृजना गर्ने थापाले प्रतिबद्धता गर्नुभएको छ । सुनवलमा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय एवं क्याम्पसहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउदै नगरमा शिक्षाको स्तरउन्नती गरि यसलाई शैक्षिक हब बनाउने बताउनुभएको छ । ,सम्पनन उक्त कार्यक्रमको संचालन सुनवल नगरपालिकाका प्रसासान शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।