काठमाडौं ।
नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका गएका छन् ।
सरकारी जमिन हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिएलगत्तै आज दिउँसो उनी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् ।
चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।