गाईघाट ।
होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए ।
जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगर मृत अवस्थामा फेला परेकी छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको पनि शव फेला परेको थियो ।
रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको हो ।
अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।