
काठमाडौं ।
विजय रावत र पुष्पा भण्डारी तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन्। विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन्।
विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयमा दोश्रो तथा हङकङमा भएको तेश्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेश्रो भए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन्। दोश्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन्।
१ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेश्रो बनिन्। पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।