काठमाडौं ।
प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए।
यो जितपछि आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको ३० खेलमा ६८ अङ्क रहेको छ। त्यसै गरी एक खेल कम खेलेको लिभरपुलको २९ खेलमा ६७ अङ्क रहेको छ।
त्यसै गरी लुटन टाउनको भने ३१ खेलमा २२ अङ्क रहेको छ र लिगमा १८औँ स्थानमा छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।