२० भदौ , अर्घाखाँची – अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको जलुके नौमुरेमा पुरपुर्ब कालमा लेखिएको शीलालेख फैला परेको छ । शीतगंगा नगरपालिकाको रातामाटा नौमुरेमा एउटा ढुङ्गामा परापूर्व कालमा नेपाली भाषामा लेखिएको अभिलेख फैला परेको हो । शीलालेखमा मिति १६८५ साल चैत्र १३ गते रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलबिद्युत आयोजना स्थल हेर्न जाने क्रममा शीलालेख भेटिएको हो । श्री लेखिएकोले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ती नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताए । पुरानो लिपि भएकाले तस्बीरहरू फोटो विज्ञलाई पठाएको सहायक प्राजिअ खत्रीको भनाई छ । शीलालेख ठुलो ढङ्गमा रहेको र गाडिएको अवस्थामा फेला परेको छ ।
यो खबर दैनिक पत्रमा छ ।