
धादिङ ।
१७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको कसुरमा गल्छी गाउँपालिका–४ का २४ वर्षीय शिवराम भारती भन्ने शिवराम सन्यासीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले कसुरदारलाइ १० वर्ष कैद गरी ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरे । कसुरदारबाट असुल गरिएको जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए।
पीडितलाई अन्तिम पटक ०८० असार ९ गते बलात्कार गरेका भारतीलाई प्रहरीले असार १० गते पीडितले उजुरीकाे आधारमा गिरफ्तार गरी हिरासतमा लिएको थियो । पीडितको असार १० गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । कसुरदारबिरुद्ध जिल्ला अदालतमा साउन २ गते मुद्दा दर्ता भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।