२१ भदौ, काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट बहुविवाह मुद्दाको सात वर्षदेखि फरार रहेका अभियुक्तलाई मंगलबार राति पक्राउ गरेको छ ।
जिल्ला अदालत चौताराको २०६७ माघ ११ गतेको फैसलाले हेलम्बु गाउँपालिका–६ इचोक बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतिलाई ११ महिना १५ दिन कैद र रु पाँच हजार ५०० जरिवाना सुनाएको थियो ।
कैद र सजाय भुक्तान नगरी फरार रहेका ज्योतिलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत बुझाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय, मेलम्चीले एक दर्जन भन्दा बढी फरार अभियुक्त पक्राउ गरी जिल्ला अदालत बुझाएको छ ।
रासस