२१ भदौ, काठमाडौं – आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । पुर्णीमाबाट सुरु भएको सोह्रश्राद्ध औसीमा गएर समाप्त हुनेछ । आजदेखि १६ दिनसम्म हिन्दुपरम्परा अनुसार आफ्ना बाबुआमा नहुनेहरुले दिवंगत पितृहरुको सम्झनामा घरमै वा नजिकका तालकुण्ड नदिमा गएर स्नान गरि धार्मिक विधीअनुसार श्राद्ध गर्ने चलन छ ।
यो अवधिमा माछामासु, लसुन, प्याज लगायतका चिजहरु खान नहुने धार्मिक विश्वास रहिआएको छ । श्राद्धगर्नेहरुले सोह्रश्राद्धको अवधिभर एकछाकमात्रै खाना खाई बस्ने गर्दछन् । हिन्दू धर्म अनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नु पूर्व पितृको पूजा गर्ने परम्परा अनुरुप बडादसै र तिहारजस्ता चाडबाड आउनु अघि सोर्ह श्राद्ध गर्ने चलन रहि आएको छ । त्यसैले सोर्ह श्राद्धको सुरुवातसँगै नेपाली समाजमा दशैको चहलपहल सुरु हुन्छ ।