काठमाडौं ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल भित्र रहेको सुरेश वाग्ले क्यान्सर अस्पतालको तेस्रो तल्लामा हेमोलाईलासिस युनिट एको ७ न मा उपचारका लागि आर्थिक सहयोगको अपिल गर्दै एक महिला छटपटाई रहनुभएको थियो ।
छेवैमा उहाँको भाइ, आफन्त हुनुहुन्थ्यो भने डिउटीमा खटिएका नर्सले भिजिटरलाई पालै पालो आईदिनोस् भन्दै अनुरोध गरिरहेका थिए । बिरामी काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं २ सिमथलीका सानुकाजी महतको ३२वर्षीय छोरी रंजिता महत हनुहुन्छ । उहाँ यति बेला लुपस नामक रोगका कारण उक्त अस्पतालमा उपचारका लागि आर्थिक अभावले छटपटाईरहनु भएकोछ ।
चार वर्ष देखि लुपसको समस्या भएको र विगत एक वर्ष देखि मिर्गौलाको समेत समस्या भएकाले उपचार गर्दा गर्दै आर्थिक अवस्था कमजोर भएकाले यति बेला पैसा भए उपचार पाउँथे भन्दै भिजिटरेसँग अस्रुधारा रुनुहुन्छ । उहाँलाई भेट्न आउने आफन्तहरू पनि उहाँसँग आँसु झार्दै आफूले सकेको सहयोग गर्दै स्वास्थ्य लाभको कामना गर्दै बाहिरिएको दृश्य हृदय विदारक देखिन्थ्यो ।
रंजिताले भेट्न आउने हरेक व्यक्तिलाई मलाई उपचार गरेर बचाउनुस्, मलाई निको भयो भने म तपाईँहरूले दिएको सहयोग रकम फिर्ता गर्छु भन्दै भक्कानिनु भयो । उहाँलाई बचाउने उद्देश्यले पदम बहादुर महतले १ लाख, ईश्वरी महतले ५० हजार मंगलबार बिहान बिरामीकै हातमा हस्तान्तरण गर्नुभयो । बिरामीको अवस्थालाई साथ दिँदै आउनुभएका उहाँको भाइ अनिश महत र दिदी मेनिता महतका अनुसार दिदी बिरामी हुनुभए यता उपचारका लागि सके जति पहल गरेकै छौँ तर अहिले झन् झन् गाह्रो हुँदै गएको छ ।
शरीर पुरै सुन्निनुका साथै पछाडि भागमा डाबर र फोका नै फोका छ । पेट फुलेको छ । हात, गोडा पनि सुन्निएको र ठाउँ ठाउँमा रगत जमेर निलो र रातो भएको छ ।अस्पतालमा उपचारका लागि आर्थिक अवस्था कमजोर हुँदै गएकाले आफन्तहरू समक्ष हारगुहार गरेका छौँ । अस्पतालमा पैसा नभै कुनै उपचार हुँदैन । डायलिसिस गर्नुपर्ने, लुपसको उपचार गर्नुपर्ने, लगायतका आर्थिक व्यवस्थापन गर्न निकै कठिन भएकाले मनकारी दाताहरू समक्ष दिदीलाई सहयोग गरी बचाई दिनुहुन अनुरोध गर्दछौ उहाँहरू भन्नुहुन्छ ।
एउटा मानिस उपचारका लागि अस्पतालको बेडबाट अपिल गरिरहँदा कुन मानवको मन नकुडिएला र अस्पतालमा भेट्न आउने हरेकले सकेको सहयोग दिँदै आउनभएको छ । उहाँको जीवन बचाउन सहयोग गर्न चाहनुहुने महानुभावहरुलाई उहाँको भाइ अनिस महतको कामना सेवा विकास बैंक, काठमाडौ शान्तिनगर शाखा खाता: न १२५१४१००४०६२०५०००००१ मा जम्मा गरी अथवा मोबाइल नं ९८६१०६७४५१ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।