काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ। बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ०७ पैसाले बढेको हो।
शुक्रबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। यसअघि बिहीबार डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।
त्यसै गरी, शुक्रबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा युरो ४६ पैसाले बढेको हो । बिहीबार युरोको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो।
आज बेलायती पाउन्ड ५१ पैसाले बढेर पाउन्ड एकको खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा तोकिएको छ। बिहीबार भने यसको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा कायम गरिएको थियो।
त्यसै गरी शुक्रबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। शुक्रबार क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १० पैसा र बिक्रीमा ९७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ६१ पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ६५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा तथा बिक्री दर १८ रुपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम गरेको जनाइएको छ।
यसै गरी, शुक्रबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७० पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रुपैयाँ ०३ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा कायम गरेको छ।
यसै गरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ८७ र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।