
बाजुरा ।
नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा लाल बहादुर ओलीसहित सिङ्गो प्यानल नै विजयी भएको छ। ओली २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्द्वी भरत थापा २ सय ३ तिन मत पाए। ओलीले थापाकाे भन्दा १५ मत बढी ल्याएका हुन् ।
त्यसै गरी उपाध्यक्षमा जनक बोहोरा मेघराज शाहीलाई पराजित गर्दै विजयी भए। बोहराले २सय ७४ मत ल्याए भने शाहीले एक सय २० मत प्राप्त गरे। त्यस्तै सचिवमा काशी विकले २ सय ४१ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी जनक विष्टले १ सय ७१ मत ल्याएर पराजित भए।
उपसचिवमा हरि रोकायाले २ सय ७७ मत ल्याएर निर्वाचित भएका छन् भने मान बहादुर रोकाया अर्जुनले १ सय १५ मत ल्याएर हार बेहोर्नु परेको छ। त्यसै गरी महिला उपसचिवमा राजकला सार्की २ सय ७७ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी कल्पना महतले १ सय २६ मत पाइन्। एमाले बाजुराको आठौँ जिल्ला अधिवेशनमा ४ सय २८ मत खसेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।