काठमाडौँ ।
सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।
पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी गै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहीन बनेका छन् ।
उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागले जनाएको छ । बिहीबार अपराह्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको विभागले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।