काठमाडौँ।
नेपालमा दिगो विकास लक्ष्य एसडीजी नगेट आवरको तेस्रो सत्र यही ४ जुनमा भर्चुअलरुपमा सम्पन्न भएको छ। सम्मेलनमा १५ जना अधिवक्ता/व्यावसायी वक्ताहरु सहभागी भई दिगो विकास लक्ष्यहरूको बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमलाई अल्फाजुलु नेपालका कन्ट्री डाइरेक्टर आशिष शर्माले सहजीकरण गरेका थिए भने कार्यक्रममा कार्यक्रमको संयोजक एलिजाबेथ एम.मुलार्ड संस्थापक निर्देशक, अल्फाजुलु एड्भोकेट्सको पनि उपस्थित रहेको थियो।
कार्यक्रमको मुख्य विषय १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेटको समय थियो, जसमा वक्ताहरुले आफ्नो कार्यअनुभबका आधारमा र नेपालमा विभिन्न संघ संस्थाहरुले कसरी काम गरिरहेको छन्। जसले दिगो विकास लक्ष्य २०३० को एजेन्डामा योगदान पुर्याउँछ भन्ने विषयवस्तुमा छलफल गरिएको थियो। यस कार्यक्रममा अमेरिका , फ्रान्स , बेलायत देखिका विशेष बक्ताहरुले सहभागिता जनाएका थिए।
एसजीआइ नगेट आवर दिगो बिकाासका क्षेत्रहरूमा काम गर्ने विभिन्न विद्याका नेतृत्वकर्ताहरु, कमन क्षेत्रका जानकार व्यक्तिहरु, ब्यवासायि तथा अन्वेषण कर्ताहरु, अधिवक्ताहरू र अभ्यासकर्ताहरूबाट उदाहरणहरू सहित वकालत तथा पैरवी , कथा कथन , शिक्षा, जानकारी र दिगो विकास लक्ष्यहरूमा सल्लाहको दिनको लागि मासिक भर्चुअल प्लेटफर्म हो।
कार्यक्रमलाई विभिन्न सामाजिक माध्यमबाट जस्तै फेसबुक, युट्युब र ट्विटर मार्फत अनलाइनबाट प्रसारण गरी विश्वव्यापीरुपमा दर्शकहरूको लागि सजिलै पहुँचयोग्य बनाइएको थियो ।
कार्यक्रममा जेसिआई भक्तपुरको सचिव सरु सिल्पाकरले “जिम्मेवार उपभोग र उत्पादन संयुक्त राष्ट्र संघ द्वारा स्थापित १७ दिगो विकास लक्ष्यहरू (SDGs) मध्ये एक भएको भन्दै यसले सबैको लागि जीवनको दिगो गुणस्तर प्राप्त गर्न स्रोतहरूको कुशल प्रयोग सुनिश्चित गर्ने लक्ष्य राख्ने बताइन् ।
साराशं मिडियाका मिडिया संयोजक सुजता नेपालले नेपाल जलवायु परिवर्तनको प्रभावको लागि अत्यधिक जोखिममा रहेकाले नेपालको जलवायु कार्यप्रतिको प्रतिबद्धता यसको महत्वाकांक्षी लक्ष्य र रणनीतिहरूबाट स्पष्ट रहेको जानकारी दिए ।
डा.अहलेम साउल्हियाले टेक्नोलोजी र समुदाय–सञ्चालित पहलहरू प्रयोग गर्दै, हामी वर्तमान र भावी पुस्ता दुवैलाई पूरा गर्ने सहरी वातावरण सिर्जना गर्न सक्ने भन्दै दिगो सहर भनेको भौतिक पूर्वाधारको बारेमा मात्र होइन उनीहरूको विकासमा सक्रिय रूपमा सहभागी हुने बलियो, संलग्न समुदायहरू निर्माण गर्ने कुरा भएको जानकारी गराए । रोशेन्द्र खड्काले ] ICT4E शिक्षाका लागि सूचना र सञ्चार प्रविधि पहलको मूल मूल्य अझै पनि कायम रहेको र यसले अन्ततः नेपालको सम्पूर्ण शिक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
“SDG 6 हासिल गर्न बहुआयामिक दृष्टिकोण चाहिने बताए । त्यसका लागि पूर्वाधारमा लगानी, स्वच्छता शिक्षा प्रवर्द्धन, पानी सम्बन्धी इकोसिस्टमको सुरक्षा, र विशेष गरी सीमान्तकृत समुदायहरूका लागि समान पहुँच सुनिश्चित गर्ने कुरा रुपा जोशीले बताइन् ।
“सहकारी र शान्तिपूर्ण समुदायहरू सुनिश्चित गर्न स्रोत द्वन्द्वलाई सम्बोधन गर्ने, जुन दिगो कृषिको लागि आवश्यक छ र समुदायहरूलाई उनीहरूको खाद्य सुरक्षाको जिम्मेवारी लिनको लागि सहभागितामूलक विकास अभ्यासहरू मार्फत सशक्त बनाउने छ ” विशाखा महतोले भने ।
यस्तै क्लाउड कम्प्युटिङ, भर्चुअलाइजेसन, ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता उदीयमान प्रविधिहरूले विशेष गरी सूचनाको पहुँच र निर्णय प्रक्रियामा असमानता कम गर्न संगठनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास डा. महेश महर्जन गरे ।
यस्तै पुरुषोत्तम थापाले विद्यालयहरूमा सामाजिक–भावनात्मक शिक्षा र मानसिक स्वास्थ्य साक्षरता कार्यक्रमको प्रवर्द्धन र वकालत गर्ने प्रभावकारी कामको बारेमा बोल्न पाउँदा सम्मानित महसुस गरेको बताए । बिबिना लामिछाने लैङ्गिक समानता र महिला सशक्तिकरण SDG 6 हासिल गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रबाट नीतिहरू निर्माण गर्न, कानून लागू गर्न र लैङ्गिक असमानताका मूल कारणहरूलाई सम्बोधन गर्ने कार्यक्रमहरू लागू गर्नको लागि ठोस प्रयासहरू आवश्यक पर्ने बताइन् । यसले महिला र केटीहरूविरुद्ध भेदभाव र हिंसालाई निरन्तरता दिने सामाजिक मान्यता र व्यवहारहरू पनि समावेश गर्दछ भन्ने कुरामा उनले जोड दिइन् ।
अर्थ कार्बन फाउन्डेशनका संस्थापक–निर्देशक अमितसिंह वाघेलाले लक्ष्य नं ७ “किफायती र स्वच्छ ऊर्जा” पानी सबै जीवित प्राणीहरूको लागि आधारभूत छ, मानव शरीरको ७० प्रतिशत समावेश गर्ने बताए । स्वास्थ्य, कृषि र उद्योगका लागि स्वच्छ पानीको पहुँच आवश्यक रहेको कुरामा उनले जोड दिए ।
लक्ष्य नम्बर ८ “सम्मानजनक काम र आर्थिक वृद्धि , पूर्ण र उत्पादनशील रोजगारी” सम्मानजनक काम भनेको उत्पादनशील र उचित आम्दानी, कार्यस्थलमा सुरक्षा र परिवारहरूको लागि सामाजिक सुरक्षा, व्यक्तिगत विकास र सामाजिक एकीकरणको लागि राम्रो सम्भावनाहरू प्रदान गर्ने काम प्राप्त गर्ने अवसरहरू हो । दिगो र समावेशी आर्थिक वृद्धिले प्रगति गर्न, सबैका लागि मर्यादित रोजगारी सिर्जना गर्न र जीवनस्तरमा सुधार ल्याउन सक्छ । नेपालको भूमिगत स्तरमा मर्यादित काम र आर्थिक वृद्धिको वातावरण सृजना गर्छ । यसले उचित काम र नेपालको आर्थिक वृद्धिको लागि समुदायस्तरमा वातावरण सिर्जना गर्नेछ । यसले नेपालको बेरोजगारी दर घटाउन पनि मद्दत गर्छ जुन २०२३ को अनुसार १०.९७ छ।” चन्दन शाहले भने ।
यजी कानुनी सेवाका एलिना महर्जनले SDGs को लक्ष्य १६ सबैले शान्तिपूर्ण र निष्पक्ष समाजमा बाँच्न सक्छन्, जहाँ सबैको पहुँच न्यायपूर्ण कानुनी प्रणालीमा हुन्छ, र जहाँ नियमहरू बनाउने संस्थाहरू जिम्मेवार हुन्छन् र सबैलाई समावेश गर्ने भन्दै यो लक्ष्य मानिसहरू शान्तिपूर्वक सँगै बस्न सक्छन्, न्यायमा पहुँच गर्न सक्छन्, र जहाँ निर्णय गर्ने संस्थाहरू निष्पक्ष र सबैका लागि खुला छन् भन्ने कुरा सुनिश्चित गर्ने बताइन् ।
“अहिले बर्सेनि तेह्र करोड हेक्टर वन नष्ट भइरहेको छ भने सुक्खा जमिनको लगातारको ह्रासले ३ अर्ब ६ करोड हेक्टर जमिन मरुभूमिमा परिणत भएको छ । हाल १५ प्रतिशत जमिन संरक्षणमा भए तापनि जैविक विविधता अझै जोखिममा रहेको छ।”जुरी नेपालको संयोजक मुना अधिकारीले बताइन् ।
लिसा गरुले फोहोर व्यवस्थापन र कृषि वा औद्योगिक बहावलाई नियन्त्रण गरेर, ताजा पानी, प्रजातिहरूको वासस्थानको संरक्षण र पुनर्स्थापना, दिगो विकास हासिल गर्न जल श्रोतहरूको दिगो व्यवस्थापन र पानी मुनिको जीवनको संरक्षण गरी प्रदूषण घटाएर ताजा पानीको इकोसिस्टमको संरक्षण र दिगो उपयोगमा कदम चाल्न सुझाव दिइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।