
नवलपरासी
जिल्ला सदरमुकाम कावासाेती स्थित पूर्व पश्चिम सडक किनारमा निर्माणाधीन नालामा माटोको ढिस्काले पुरिदा २ जना महिला कामदारको मृत्यु भएको छ ।
मृत्युहुनेमा कावासाेती ५ निवासी ५१ वर्षीय सेती राना र २६ वर्षीय तान माया गाहा रहेको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ वेदबहादुर ढकालले बताए ।
सोही घटनामा परी अर्का एक महिला कामदार पुरिएकाे आशंकामा डाेजरकाे सहायताले खोजी कार्य भइरहेको छ ।
कावासाेती नगरपालिकाले दिएको ठेक्कामा निर्माण कम्पनीले मजदुर लगाई नाला बनाउने क्रममा सो दुर्घटना भएको हाे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।