काठमाडौँ ।
थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्यान्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ ।
अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्यान्डमा हुनेछ ।
थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् । यसअघि फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।
थाइल्यान्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ ।
एलजीबीटीक्यू समुदायले जुनको अन्त्यमा राजधानी बैंककमा ठूलो र्याली आयोजना गर्नेछ, जसमा थाई प्रधानमन्त्री श्रेष्था थाभिसिन पनि सहभागी हुनेछन् । थाइल्यान्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ । यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।