२६ भदौ ,काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट सरकारमा नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनियताका सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा अायाेजित कार्यक्रममा उनीहरूले सोमबार पद तथा गोपनियताका सपथ लिएका हुन् ।
राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश गरेका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, उद्योगमन्त्री सुनीलबहादुर थापा र वन मन्त्री विक्रम पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अाज बिहान सपथ ग्रहण गराउनुभएको हो ।