२६ भदौ ,झापा – छोराको खुकुरी प्रहारबाट आमा घाइते भएकी छिन्। झापाको दमक नगरपालिका-५ मा आइतबार यस्तो घटना भएको थियो ।
छोरा शिव कुमार सतारले सोही ठाउँका १८ वर्षीय दिनेश भुजेलसँग लेनदेनको विषयमा झगडा गरेपछि आमा ३८ बर्षीय रेखा सतारले छुट्याउने क्रममा शिवले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गंभिर घाइते बनेकी रेखाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने छोरा शिव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी गराएको छ ।