२६ भदौ , बुटवल – नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा ‘राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी २०७४’ आयोजना गर्नेभएको छ । यहाँको समग्र आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
संगठनको बुटवलमा बसेको बैठकले प्रदर्शनीको लागि विभिन्न तयारी मूल तथा उपसमितिहरु गठन गरेको छ । प्रदर्शनीको लागि संगठनका अध्यक्ष खेम श्रीसको अध्यक्षतामा १ सय ५१ सदस्यी मूल समिति तथा अन्य १४ वटा उपसमितिहरु गठन गरिएको श्रीसले जानकारी दिनुभयो ।विभिन्न स्वदेशी तथा विदेशी गरी करिब साढे तीन सय स्टलहरु सहभागी हुने प्रदर्शनी बुटवलको बुटवल मण्डपमा १० दिनको लागि आयोजना गरिने छ । विभिन्न १४ वटा उपसमितिहरु गठन गरिएका छन् । स्टल निर्माण तथा दर्ता उपसमिति संयोजकमा प्रविणबहादुर पाठक, सांस्कृतिक उपसमितिमा गोविन्द गैरे, सचिवालय तथा सूचना उपसमितिमा सिताराम रसाईली र केशव श्रीस, आर्थिक व्यवस्थापनमा बाबुलाल पाण्डे र बाबुराम आचार्य, खानेपानी तथा सरसफाइमा जिवलाल पौडेल र रुपेश पौडेल, पार्कीङ यातायात तथा वाल उद्यानमा नवराज पौडेल, टिकट बुकिङमा घनश्याम घिमिरे र नारायण भण्डारी, मुद्रण तथा प्रकाशनमा पशुपति पौडेल, सुरक्षा व्यवस्थापनमा नेत्र रुचाल, विद्युत व्यवस्थापनमा तुलसीराम भण्डारी, खाद्यान्न तथा आवासमा विष्णु पाण्डे, गेट तथा मञ्च व्यवस्थापन न्याजुद्धिन मिया, प्रचार–प्रसारमा यमलाल मरासीनी र परिचयपत्र व्यस्थापनमा लोकनाथ पन्थी रहेका उपसमितिहरु गठन गरिएका छन् । राष्ट्रिय स्वाधिन अर्थतन्त्र, औधोगिकरण तथा व्यापार विविधिकरणमा मद्दत पुगोस् भन्ने लक्ष्य लिएर प्रदर्शनी आयोजना गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक यमलाल मरासीनीले उल्लेख गर्नुभयो ।