![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a495e0a58be0a4aae0a4be-e0a485e0a4aee0a587e0a4b0e0a4bfe0a495e0a4be-e0a489e0a4b0e0a581e0a497e0a58de0a4b5e0a587e0a495e0a58b-e0a4b5.jpg)
काठमाडौं ।
उरुग्वेले जारी कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ। समूह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए। त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए। यो जितपछि उरुग्वेले समूह सी मा महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ।
अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोही दिन अमेरिकासँग खेल्ने छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।