काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको सरुवा गरेको छ।
निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो। २ वर्ष अवधि पुरा भएका र कमान्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरूको एकै पटक सरुवा गरिएको हो।
सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्। पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमान्डको लागि सङ्गठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ।
सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमान्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमान्डमा पठाउँदै आएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।