धादिङ ।
१४ वर्षीया बालिकालाई बलात्कार कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले साेमबार १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले साउन ९ गते कसुर कायम गरी साउन १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।
कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र साेही रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ ।
कसुरदारले ०८० चैत १ गते नाबालिकालाई नीलकण्ठ नगरपालिका –८ मा बलात्कार गरेका थिए ।
कसुरदारलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियाे । पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिइएको थियो । पीडितको धादिङ अस्पतालमा चैत ७ गते स्वास्थ्य परीक्षण भएकाे थियो ।
जिल्ला अदालतमा ०८० चैत २८ गते दर्ता भएकाे मुद्दाका कसुरदार बालक जिल्ला अदालतकाे आदेशले बालसुधार गृह भक्तपुरमा राखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।