![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4aee0a581e0a497e0a581e0a4aee0a4be-e0a5ade0a5a6-e0a4aae0a58de0a4b0e0a4a4e0a4bfe0a4b6e0a4a4-e0a4a7e0a4bee0a4a8-e0a4b0e0a58be0a4aa.jpg)
मुगु ।
मुगुमा तेस्रो सातासम्म करिव ७० प्रतिशत धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत जेठ दोस्रो सातादेखि मुगुको खत्याड, सोरु र छायाँनाथ रारा नगरपालिकाका किसानले धान रोपाइँ सुरु गरेको करिव एक महिनाभित्र ७० प्रतिशत धान रोपाइँ र ३० प्रतिशत बाँकी रहेको कार्यालयका प्रमुख चन्द्रबहादुर शाहीले बताए ।
उनका अनुसार खोलानाला सिंचाइ नहर कुलो लगायत पानीको सुविधा भएको बस्तीमा धान रोपाइँ सकिएको छ भने अब आकासे पानीको भरपर्ने ठाउँहरुमा मात्रै रोपाइँ बाँकी रहेको छ । असार २० सम्म धान रोपाइँ सम्पन्न गरिसक्नु पर्ने भएपनि खडेरीको असरले ढिलाइ भएको उनको भनाइ छ ।
धान रोपाइँ ढिला हुँदा उत्पादनमा कमी आउने जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यो पटक खडेरीले गर्दा मुहानमा पानीको स्रोत कमी आउँदा किसानलाई रोपाइँ गर्न मुश्किल भएको छ।
मुगुमा कुल खेतीयोग्य जमिन १० हजार ४ सय ६१ हेक्टर जमिनमध्ये ९ हजार ३१ जमिनमा २ हजार ४८ मेट्रिक टन धान उत्पादन भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।