उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारको नगर अस्पतालको फार्मेसी बन्द हुँदा बिरामी मार्कामा परेका छन ।
नगर अस्पतालभित्र संचालित फार्मेसीले आज असार २७ गते बिहिबारदेखि सेवा बन्द गरिदिँदा बिरामीहरु मार्कामा परेका हुन ।
नगर अस्पताल चौदण्डीगढीले २०८० साल असार २६ गते बोलपत्र आव्हान मार्फत छनोट गरेको श्रीगोपी कृष्ण मेडिकल हललाई बिमा फार्मेसीको संचालन अनुमति दिएको थियो । यद्यपि श्रीगोपी कृष्ण मेडिकल हलले डाक्टरले लेखेको बिमाको औषधी पूर्णतः उपलब्ध गराउन नसकेपछि चौदण्डीगढी नगरपालिकाले दुई पक्षीय सम्झौता रद्ध गर्दै सटर खाली गर्न भनेको थियो ।
नगरपालिकाले पटक पटक बिरामी मार्फत औषधी नपाएको गुनासो आएपछि ब्यबसायीसँगको सम्झौता रद्ध गरेको जानकारी सहित सटर खाली गर्न भनेको थियो । तर फार्मेसी संचालक आफूले सम्झौता अवधी भर फार्मेसी संचालन गर्न पाउनु पर्ने माग राखि उच्च अदालत बिराटनगरमा मुद्धा दायर गरेका थिए ।
एकातर्फ फार्मेसी संचालक श्रीगोपी कृष्ण मेडिकल हलले बिमा कर्ता बिरामीहरुलाई डाक्टरले लेखेको औषधी उपलब्ध गराउन नसक्नु र अर्को तर्फ मुद्धाका कारण नगरपालिकाले समेत अर्को ब्यबस्था गर्न नसक्दा अहिले चौदण्डीगढी नगर अस्पतालमा बिरामीले औषधी पाउन छोडेका छन ।
औषधी जस्तो सम्वेदनशील बिषयमा ब्यबसायीले गरेको चरम लापरबाही र हेलचेक्र्याईंका कारण चोदण्डीगढी नगरपालिकाका बिमा गरेका हजारौं बिरामी यतिबेला औषधी सेवन गर्नबाट बन्चित हुन पुगेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।