वैशाख १९, २०७४- गत १५ गते शुक्रबार रिलिज भएको फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ले भारतमा सोमबारसम्ममा ३५ करोड रुपैयाँ भन्दा बढी कलेक्सन गर्न सफल भएको छ । फिल्म चलेको छोटो समयमा नै यति धेरै व्यापार गर्ने पहिलो फिल्म पनि बनेको छ । इन्डियन एक्सप्रेसका अनुसार फिल्मले तीन दिनमा विश्वभरबाट ५ सय करोड रुपैयाँ कलेक्सन गरेको छ।
यससँगै यो फिल्मले शाहरुख खानको एक दिनमा सबैभन्दा धेरै कमाईवाला फिल्मको रेकर्ड तोड्यो ।
रिलिज भएको दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय एक करोड कमाइ गरेको थियो । २ सय ७० करोड रुपैयाँमा बनेको यो फिल्म रिलिज हुनुभन्दा अघि नै नाफामा थियो। फिल्मले थिएटि्रकल राइट्स बेचेर रिलिज अघि नै ५ सय करोड बढी रकम जम्मा गरिसकेको थियो।
धर्मा प्रोडक्शनको ब्यानरमा बनेको फिल्म ‘बाहुबली २’ मा राजा माहेश्मतीका राजा बाहुबलीको कथा देखाइएको छ। राज मौलीले निर्देशन गरेको यो फिल्ममा प्रभास, राणा डग्गुवती, अनुष्का शेट्टी, रमैया कृष्णन, तमन्ना लगायतका कलाकारको अभिनय रहेको छ।