नवलपरासी ।
जिल्लाको पूर्वी भाग स्थित गैडाकोट ७ नारायणी नदी बीचको टापुमा शनिबार ३:३० बजे दुई जना पुरुषको शव भेटिएको छ ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलका अनुसार भेटिएका दुई शव करिव २० र ३० वर्षका पुरुषको रहेको छ ।
ईप्रका गैडाकोटबाट दक्षिण करिव ७ किमि दुरीस्थित नारायणी नदीमा भेटिएका शव स्थानीयले सिमलताल घटनामा बेपत्ता यात्रुहरूको हुन सक्ने आशंका गरेका छन् ।
प्रहरीले घटना स्थल मुचुल्का गरि शवको पहिचान तथा पोष्टमार्टमका लागि चितवनको भरतपुर तर्फ पठाउने तयारी भएको जनाएको छ । यसै गरि यस अघि चितवनको गोलाघाट क्षेत्रमा १ सव फेला परेको जनाईएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।