काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा.लोचन कार्कीलाई संयुक्त अधिराज्य (यूके)को स्कटल्याण्डस्थित एडिनवर्गमा रहेको रोयल कलेज अफ फिजिसयनले अवार्ड प्रदान गरेको छ।
डा. कार्कीले रोयल कलेज अफ फिजिसयन अफ एडिनबर्गको अवार्ड प्राप्त गरेका हुन्। डा. कार्कीले बिहीबार अवार्ड प्राप्त गरेका छन्। अवार्डका लागि उनलाई गत फेब्रुअरी ९ मा जानकारी दिइएको थियो।
डा कार्कीले अवार्डबाट थप चिकित्सा क्षेत्रमा काम गर्ने हौसला प्रदान भएको जानकारी दिए। केही दिन अघि एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका थिए।
डा .कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।