
उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ ओदाले गाउँमा बुधबार दिउसो खेतमा पानी लगाउन मोटर चलाउँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
केही दिनदेखि पानी नपरेका कारण खेत सुकेको र इनारको पानी मोटरबाट तानेर खेतमा पटाउँदै धान रोप्ने काम गर्दा उदयपुरगढी ६ ओदाले गाउँका होम बहादुर मगरको छोरा वर्ष २५ को राजु आले मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोटरको नाङ्गोतार पानीमा झरेको अवस्थामा राजुले तार छोएकोले करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।