
मोरङ ।
मोरङको उर्लाबारीमा एक डाक्टर कोठामा मृत फेला परेका छन्। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनीषकुमार यादव बिहीबार बिहान कोठामा मृत भेटिएका हुन्।
छिमेकीले झ्यालबाट हेर्दा उनलाई भित्रबाट चुकुल लगाएर सुतेको अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनसाथ घटनास्थल पुगेको प्रहरीले ढोका फुटाएर बिहान ८: ४० बजे अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।