
काठमाडौँ।
बारा प्रहरीले ६४ लाखभन्दा बढीको अवैध समानसहित २ वटा ट्रक नियन्त्रण लिएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकी चेज जाँच गर्ने क्रममा सपोटीङ बिल नभएको र समानको स्रोत खुलाउन नसकेको ६४ लाख ५८ हजार २ सय ७४ रूपैया बराबरको इलेक्ट्रोनिक गुड, लिष्टिक र वाईरिङको सामानहरुसहित ट्रक नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका समान तथा ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।