काठमाडौँ।
बैंकिङ कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर तुम्वेवा गा.पा.वडा नं.५ घर भइ हाल भक्तपुर सु.न.पा. ४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राई रहेका छन्।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरीको हो। उनीमाथि काठमाडौँ जिल्ला अदालतमा बैंकिङ कसुर मुद्दा परेको थियो।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।