
कास्की।
पोखरा महानगरपालिका-१४ चाउथे उकालोस्थित सडकमा भे.१ ख ४००९ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका पैदलयात्री अन्दाजी २२ वर्षीय पुरूषको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।