
काठमाडौँ।
तारकेश्वर नगरपालिका-५ अर्यालटारमा खोला पुरेर बनाएको खेलमैदान भासिएको छ। खोलो पुरेर बनाइएको उक्त खेल मैदान निरन्तरको वर्षातपछि भासिएर ठूलो भ्वाङ परेको छ।
स्थानीय रुद्रेश्वर खोलो पुरेर त्यहाँ खेल मैदान बनाइएको थियो।
खोलो पुरेर बनाइएको खेल मैदानमा ढलानको तयारी हुँदै गर्दा ठूलो भ्वासङसहित भासिएको स्थानीय प्रसाद अर्यालले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । केहीदिन अघि काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक पनि भ्वांग परेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।