
खोटाङ।
खोटाङमा विद्यालय जाँदे गरेकी शिक्षिकाको पहिरोमा परेर मृत्यु भएको छ । विद्यालय जाँदै गरेकी रावाबेंसी गाउँपालिका–३ लामिडाडाँकी साबित्रादेबी नेवारको पहिरोमा परी मृत्यु भएको हो ।
बिश्वज्योति मावि लामिडाडाँमा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै बिहीबार बिहान पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा नेवारलाई पहिरोले पुरेको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।
तल्लो सडकबाट विद्यालय हिँडिरहेकी शिक्षिकालाई माथिल्लो सडकबाट खसेको पहिरोले पुरेको स्थानीयले बताएका छन् । शिक्षिका नेवारसँगै हिँडिरहेका आफन्त भने भागेर बाँच्न सफल भएको बताइएको छ ।
पुरिएकी मृतक शिक्षिकाको शबलाई प्रहरी तथा स्थानीयले खनेर निकालेको वडा नम्बर तीनका वडाध्यक्ष बीरेन्द्र मगरले सुनाए । लामो समय शिक्षण पेसामा बिताएकी साबित्रादेबीको अनिवार्य अवकाश हुन केही समय मात्र बाँकी रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।