
बुटवल।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा राजनीतिक स्थायित्वका निम्ति प्रमुख २ ठूला राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचकांक उकालो लागिरहेको बताए । अब व्यवसायीका निम्ति आशाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार बुटवलमा उद्घघाटन गदै मुख्यमन्त्री आचार्यले नेपालमा व्यावसायिक कृषिबाट नै कार्यापलट गर्न सकिने सम्भावना रहेको दाबी गरे ।
सरकारले कृषि अनुदानमा समेत लगानी गरिरहेकाले युवाहरू कृषि पेसामा आकर्षित भएको बताउनुभयो । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री आचार्यको कथन रहेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले वर्तमान सरकारले नै सबै समस्याको समाधान गर्नै पर्ने बाध्यता रहेको बताए । यो सरकारलाई समस्या समाधान गर्नवाट छुट नभएको भन्दै उनले केही सकारात्मक संकेत समेत देखापरेको पनि बताए । बुद्धको देश नेपालले बुद्धका ज्ञानलाई विश्वभरी प्रचार प्रसार गरी पर्यटक भित्राउन जरुरी रहेको समेत मन्त्री कार्कीले जोड दिए ।
कार्यक्रममा समसामयिक समस्याका बारेमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले वितेको ३ वर्षमा ३५ लाख नेपाली विदेशीयकोले नेपालमा सोको परिपूर्तीका लागि पर्यटक भित्रयाउने पोलिसी जरुरी रहेको बताए । लुम्बिनी प्रदेशको आर्थिक अवस्था सुधार्न कृषि, उद्योग र पर्यटनमा यो प्रदेशमा थुप्रै सम्भावना रहेकाले प्रदेश सरकार यस दिशातर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल महासचिव जेपी कंडेल लगायतले व्यसायीले भोग्नु परेको समस्याका बारेमा प्रकाश पाका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।