
काठमाडौँ।
काठमाडौँको नागार्जुनमा जिपसँग मोटरसाइकल ठोकिँदा घाइते भएका युवकको मृत्यु भएको छ।
शनिबार नागार्जुन नगरपालिका-७, स्थित बिन्दावासिनी सडकखण्डमा स्विजरल्यान्ड पार्कबाट कलंकीतर्फ जाँदै गरेको प्र. ०१–०२५ च ९२४३ नम्बरको योधा जिप र विपरीत दिशाबाट आइरहेको बा. प्र. ०२-०१७ प १०९ नम्बरको यामाहा भी३ मोटरसाइकल आपसमा ठोकिएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखा शैलुङ्गेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौँ-१३, छाउनी बस्ने वर्ष २० का सजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनालगत्तै उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल हस्पिटल लगिएको र उपचारका क्रममा शनिबारै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार जिप चालकलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।