०१ असोज , काठमाडौँ – अष्ट्रेलियामा कामदारलाई ठग्ने व्यक्ति तथा कम्पनीलाई कडा सजायको व्यबस्था गरीएको छ ।
नयाँ नियम अनुसार, आफ्ना कर्मचारीहरुलाई कम तलब दिने तथा आफ्नो कार्यस्थलमा कुनै पनि खालको गैरकानूनी कार्य गर्ने व्यक्तिहरूले १ लाख २६ हजार डलर र कम्पनीहरुले ६ लाख डलर सम्मको जरिवाना तिर्नुपर्नेछ।
विदेशी विद्यार्थी र अस्थायी भिसामा आउने कामदारहरुलाई शोषण गर्ने प्रवृत्ति बढेपछि यस्तो नियम ल्याइएको हो । अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुको चाप बढिरहेको र सोही अनुसार रोजागारी मिल्न गाह्रो हुन थालेको कारण कामदार ठग्ने प्रवृत्ति बढिरहेको छ।