तदनुसार सेप्टेम्बर १८ तारिक
मेष — काममा सफलता मिल्नेछ । मुद्दामामिलाको सामान हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
बृष — स्वास्थ्यमा समस्या देखापर्नेछ । व्यापार व्यवासयमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । घरायसी काममा रुची बढ्नेछ ।
मिथुन — पारिवारिक सद्भाव बढ्नेछ । मनग्य धन लाभ हुनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ ।
कर्कट — वैदेशिक यात्रामा लाभ मिल्नेछ । साथीभाईबीचको सम्बन्धमा अल्झन आउन सक्छ । नयाँ काम सुरु गर्ने मौका मिल्नेछ ।
सिंह — पारिवारिक सम्बन्धमा सुधार हुनेछ । धनआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । शत्रु परास्त हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।
कन्या — प्रयासहरु सकारात्मक रहनेछन् । लामो समयदेखी रोकिएका अधुरा कामहरु सफल हुनेछन । घरायसी काममा उल्झन आउनेछ ।
तुला — मिहिनेतले आम्दानी बढाउनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। दिन उत्साहवर्द्धक रहनेछ।
बृश्चिक — प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
धनु — अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। विविध चुनौती आइलाग्न सक्छन्।
मकर — काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ।
कुम्भ – परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ।
मिन — प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।