
काठमाडौं ।
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् ।
“जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि…” उनले फेसबुकमा लेखेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले भेट नभएको र सचिवालयले राजीनामापत्र बुझेको मन्त्रीको सचिवालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।