नवलपरासी।
अविरल वर्षाका कारण नारायणी नदीको जल सतह बढ्दै गए पछि गण्डक ब्यारेजका ३६ सै ढोका खुला गरिएको छ । शनिवार बिहान ११ बजे गण्डक ब्यारेजमा ४ लाख क्यूसेक पानीकाे बहाव मापन गरिएको छ ।
पानीको बहाव ३ लाख ५० हजार क्यूसेक पुग्नुलाई ब्यारेज प्रशासनले यस्तो स्थितिलाई खतराकाे तह मान्दै अलर्ट हुने गर्दछ ।
यसै बीच नारायणी नदीमा जलस्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सूचना जारी गरी आम नागरिकलाई नदी छेउ नजान र सुरक्षित रहन आग्रह गरेको छ ।
यद्यपि नारायणी नदीमा पानीकाे बहाव बढ्दै जाँदा गैडाकाेट २, कावासाेती १५, मध्यविन्दु २ नन्दपुर लगायत छेउका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् ।
त्यसैगरी अविरल वर्षाले जिल्लाका कतिपय क्षेत्रमा पहिरो गई पहाडी सडक अवरुद्ध भए पछि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।