
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन्। प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।