०४ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४९ पैसा र विक्रिदर २४ रुपैयाँ ६३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ६३ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ६१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ६३ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ २३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।