नवलपरासी।
पूर्वी नवलपरासीमा बाघको आक्रमणमा परि ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी १ निवासी जितबहादुर थिङ रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेशी शाहले बताए ।
थिङलाई नजिकैको तिनचुली मध्यवर्ती वनमा घाँस काट्न जाँदा बिहान ११ :१० बजे बाघले आक्रमण गरेको थियो ।
बाघले आक्रमण गरेको कुरा छिमेकी बलराम न्यौपानेले फाेनबाट जानकारी गराए पछि वन कर्मचारीसहित प्रहरी घटना स्थल पुगेकाे थियो ।
बाघले थिङकाे घाँटीमा आक्रमण गरेको देखिएको र घटना स्थल मुचुल्का सहित शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।