विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी)नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएका छन् । घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी लाइन मिलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आएका प्रहरी उपरीक्षक कार्कीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयले तानेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरी उपरीक्षक कार्कीलाई काठमाडौँ झिकाइएपछि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी राजन लिम्बूलाई दिइएको छ ।
मोरङ आएदेखि नै गृह मन्त्रालयको निर्णयले सिभिल प्रहरी बोर्डर केन्द्रित खटाउन नपाउने नियमको उल्लंघन गर्दै तस्करसँग मोटो रकम उठाउने गरेको आरोप प्रहरी उपरीक्षक कार्कीलाई लाग्दै आएको थियो।
मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।