०६ असोज , बुटवल – बुटवलको एक बालबालिकाको सामान बिक्री गर्ने पसलमा आगलागी भएको छ । बुटवल- ११ शान्तिचोकमा रहेको हयाप्पी किड्स एंड बेबी ल्याण्ड आगलागी हुँदा २० लाख बराबरको धनमाल क्षति भएको छ । बिहीबार बिहान साढे ६ बजे पसलमा आगो लागेको हो । पसल एक महिना अघिमात्रै सञ्चालनमा आएको थियो । बिधुतको मिटरबक्सबाट आगो निस्किएर सामान जलेको सञ्चालन निरञ्जन पन्तले बताए । बिद्युतको भोल्टेज अनियमित हुँदा आगलागी भएको बताइएको छ ।
आगलागी भएको केही समयमैं बुटवल उपमहानगरपालिकाको दमकललाई खबर गरे पनि ढिलो आउँदा सबै सामान नष्ट भएको पन्तले बताए । स्थानीयले समयमा दमकल नपठाउने बुटवल उपमहानगरपालिका र बिद्युत कार्यालयको लापरबाहीले ठुलो धनमाल नष्ट भएको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।
यो खबर आजको दैनिक पत्रमा छ ।