काठमाडौँ।
सुन जस्तो देखिने पहेँलो धातुसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाललाई ३५६ ग्रामको ११ टुक्रा सुन जस्तो देखिने पहेँलो रङ्गको धातुसहित सोमबार दिउँसो नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो।
बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका उनलाई शंका लागी चेकजाँच गर्दा उनले गुप्ताङ्गमा लुकाई छिपाई ल्याएको अबस्थामा उक्त धातु फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।