काठमाडौँ।
चाइना साउदर्न एयरलाइन्सको निओ जहाजले ग्वान्जाओ–काठमाडौँ उडान सुरु गरेको छ। मंगलबार चाइना साउदर्न एयरलाइन्सले आफ्नो ए ३२० निओ जहाजबाट ग्वान्जाओ र काठमाडौंबीचको उडानको औपचारिक रूपमा सुरुवात गरेको हो।
यसले चीन र नेपालबीचको हवाई सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ कम्पनीले जनाएको छ। । चाइना साउदर्न एयरलाइन्सले यस उडानको स्तरोन्नतिमार्फत चीन–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा दुई देशबीचको मानवीय र आर्थिक आदानप्रदानलाई बढावा दिन थप सहज र आरामदायी हवाई पुल निर्माण गर्ने अपेक्षा गरेको छ।
ए ३२० निओ जहाजमा पहिलेको ए ३१९ निओ भन्दा बढी सिट क्षमता छ। यसको क्याबिन डिजाइन र सुधारिएको सिट व्यवस्थापनले थप विकल्प प्रदान गर्नुका साथै उडानलाई अझ आरामदायी बनाउने कम्पनीको भनाइ छ। ।
यस उडानमार्फत दुई देशबीच पर्यटन, संस्कृति र व्यापार जस्ता क्षेत्रमा अन्तरक्रिया र विकासलाई अगाडि बढाउने चाहनासहित यात्रुहरूलाई दक्ष र मैत्रीपूर्ण उडान अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध छ। साथै काठमाडौँ उडानका लागि अनुभवी चालक दल तैनाथ गरेको र भविष्यमा यात्रुहरूलाई थप सहज र उच्च गुणस्तरीय हवाई यात्रा सेवा प्रदान गर्न नयाँ उडान र जहाज स्तरोन्नति योजनाको खोजीलाई निरन्तरता दिने र चीन–नेपाल मित्रतामा नयाँ ऊर्जा थपिने कम्पनीले बताएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।