कान्तिपुर मिडिया ग्रुपले बुधबार र बिहीबार कात्तिक २८-२९० मा ‘कान्तिपुर कन्क्लेभ-२०२४’ आयोजना गर्दैछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा बहस गरिने कन्क्लेभको यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलिमा’ रहेको छ । कान्तिपुर कन्क्लेभको यो चौथो संस्करण हो ।
सन् २०२४ मा संसारका धेरैजसो मुलुकका जनताले निर्वाचन मार्फत् नेता र नीतिको छनौट गर्ने चुनावमा भाग लिँदै गर्दा सत्तामा पुग्ने मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर पनि चलेको छ । आफ्नो प्रभाव र बर्चस्व स्थापित गर्नका लागि सूचना प्रविधिको दूरपयोग गर्ने प्रबृत्तिले पनि लोकतान्त्रिक आयाममाथि चुनौती थपेको छ । त्यसैले यस्तै विषयमा सार्थक बहस र लोकतन्त्रलाई मजबुत बनाउन यसवर्ष ‘डेमोक्रेसी इन डिलिमा’ लाई मुख्य विषय बनाएर विभिन्न प्यानलमा बहस गर्न लागिएको कान्तिपुरले जनाएको छ ।
कन्क्लेभमा नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलास सत्यार्थी लगायतका अन्तर्राष्ट्रिय वक्ताहरू पनि रहनेछन् ।
‘वर्तमानका योजनाकार तथा भविष्यका स्वप्नद्रष्टा, देशभित्रका नीति निर्माता तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवाला, विचारकहरुको बृहद मञ्च हो कान्तिपुर कन्क्लेभ । दुई दिनसम्म चल्ने यो इमेन्टमा फरक(फरक भूगोल, पृष्ठभूमि, पेसा र विचारधाराका विश तथा सरोकारवालाहरुबीच विरारोतेजक बहस हुन्छ ।
सहभागीका प्रश्नसहितको अन्तरक्रियाले सम्मानजनक स्थान पाउँछ । कान्तिपुर कन्क्लेभमा समस्याको जड खोज्ने मात्र होइन, समाधानको प्रारूपमा पनि बहस गरिन्छ’ कान्तिपुरले कन्क्लेभबारे भनेको छ,’नेपाल, दक्षिण एसिया र विश्वका विभिन्न भूगोलबाट कान्तिपुर कन्क्लेभमा आमन्त्रित विज्ञहरूले नागरिकको सर्वाङ्गीण अधिकार र लोकतान्त्रिक अभ्यासका विषयमा आफ्ना अनुभव, दृष्टिकोण र अवधारणा प्रस्तुत गर्नेछन् ।‘
कन्क्लेभमा दोबाटोमा लोकतन्त्र, भूराजनीतिमा खलबल, मैदानमा महिला नायक लगायतका शीर्षकका १२ वटा सेसनमा ५० भन्दा बढी वक्ताहरूले मुख्य विचार प्रस्तुत गर्नेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय ५ सयभन्दा बढी सहभागी हुनेछन् । कन्क्लेभका सबै सेसनको ईकान्तिपुर र कान्तिपुर टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।